www.himaksansar.blogspot.com

nepal map

Custom Design Widget

News Strip Widget

Quick Headlines Widget

News Scroller Widget

नेपाली युनिकोड

Thursday, December 30, 2010

साउदीदेखी कुवेतसम्म बिबादित सचिब, अझै सुध्रिएन कार्य शैली!!

कुवेतको मरुभुमिमा रहेका सबै नेपालीहरुको दु:ख-सुखको साथी अनी अभिभाबक "नेपाली दुताबास कुवेत" आज कर्मचारीहरुको कार्यशैलीकै कारण पूर्ण रुपमा बिबादित बनेको छ। यहाँहरु सबैलाई जानकारी नै छ,दुताबास जस्तो बिशुद्द सरकारी संस्था सबै नेपालीहरुको आपत-बिपतमा साथ दिने र सबै नेपालीहरुको सामुहिक भाबनालाई सम्बोधन गर्दै सबै श्रमजिबी नेपालीहरुकै हितमा चल्नु पर्ने हो। तर यहाँ त दुताबासका जिम्बेवार कर्मचारीहरुको ब्यक्तिबादी अनी हिट्लर शैलीको कार्य सम्पादन अनी कुनै पनि संघ-संस्था तथा ब्यक्ती बिशेषका गुनासा अनी सल्लाहलाई सुन्नै नचाहने प्रब्रितीका कारणनै आज सबै संग पानी बाराबारको स्थिती आइपुगेको छ।
बिशेष गरी मैले यहाँ दोहोर्याउनै पर्ने भएको छ, हाम्रो दुताबासका जिम्बेवार सचिब श्री पुष्प राज भट्टराई ज्युको भनाइलाई "कुवेतमा चेलीबेटी बिगार्ने संघ संस्थाका प्रतिनिधि र पत्रकारहरु हुन" के साच्चै नै हो त सचिब ज्यु ??? हजुरले यहाँ मुख खोल्नै पर्छ, कुन संघ-संस्थाका को-को पधाधिकारीहरु अनी कुवेतमा आफ्नो कामको साथमा सबै ५५ हजार नेपालीहरुको नेत्रित्व गर्दै सत्यको पक्षमा निशुल्क कलम चलाऊने को-को पत्रकारहरुले कति जना अनी को-को केटीहरु बिगारे?म यसै मिडिया मार्फत सबै कुवेतमा रहेका संघ-संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुलाई सचिब ज्यु संग यसको जबाफ माग्न अनुरोध गर्दछु।
सचिब ज्यु, हजुर किन सधैं सबैको बिरोध मात्र गर्नु हुन्छ?"अरुको आङमा जुम्रा हिंडेको देख्नेले आफ्नो आङमा भैंसी हिंडेको" पनि त देख्नु पर्छ नि होइन र? हजुर जस्तो उच्च पदमा रहने ब्यक्तिले सोचेर बोल्न पर्ने होइन र?मैले यहाँ उहाँ साउदीमा रहेर कुवेतलाई हेर्दाको कार्य शैली र कुवेतमा रहेर कुवेतलाई हेर्दाको कार्य शैलीमा फरक पाउन सकिन?दुताबास जस्तो संस्था ब्यक्तीबादी र दलालहरुकै हित अनी ईसारामा चल्नु कति जायज हो? म सबै कुवेतबासी दाजुभाइ अनी दिदीबहिनिहरुलाई सोध्न चाहन्छु" के नेपाली दुताबास कुवेतले सबै नेपालीहरुलाई समेटेर चलेको छ"?के दुताबास हामी सबैको होइन र?
हिजो साउदीमा रहदा पनि कुवेतका सिमित दलालिकै इसारामा उनिहरुकै कामलाई कमिसनको आधारमा छिटो-छरितो गरी दिने सचिब ज्यु आज पनि कुवेती दिनारकै भरमा चलेको पो हो कि ?? आज कुवेतमा रहेका सबैको अन्दाज हो यो।
सायद सचिब ज्युले सम्झनु भएकै होला, २००८ मा कुवेतमा एम्नेस्टी खुल्दा ७५० जना अबैधानिक नेपाली नागरिकको पासपोर्ट बनाउने क्रममा भएको ब्यक्तीबादी पासपोर्ट शुल्कका कारण नेपालीहरुले घेरेको!!अझै मैले भुलेको छैन,म आँफैले १६ जना इराकमा कार्यरत नेपाली कामदारहरुको पासपोर्ट नेपाली दुताबास साउदीमा पठाउदा दुताबासकै लापरबाहिका कारण पीडित नेपालीहरुको पासपोर्टमा जन्म मिती संसोधनका बेला पुष्प सरले सबैको प्रमाण अनी नागरिकताको कपी मागेको तर त्यही समयमा कुवेतका तत्कालिन दलालहरुले अरुको नामको पासपोर्ट संसोधन गर्दा कुनै कपी नचाहिने यो कस्तो कार्य सम्पादन??
त्यती मात्र कहाँ हो र नेपाली दुताबास कुवेतको अधिकारिक कार्य शुरु नहुँदै फेब्रवोरी १६-२०१० मा राजदुत बसेकै होटलमा कुवेतका सबै पत्रकार अनी सामाजिक संघ संस्थाका प्रतिनिधिहरुसंगको भेट्मा पुष्प राज भट्टराई ज्युलाई भनेकै थियौं " दुताबास साउदीको जस्तै ब्यक्तीबादी नहोस" तर हामीलाई उल्टै हकार्दै उहाले आफ्नो कार्यसम्पादन हेर्न र बोल्न भनेको पनि अझै ताजै छ हाम्रो मानसपटलमा। कृपया सचिब ज्यु कुनै प्रतिकृया भए पाउ!
अन्तमा दुताबास जस्तो बिशुद्द संस्थाको बारेमा यति धेरै लेख र गुनासो आउँदा पनि किन संबन्धित पक्षले चासो नदिएको?सबै कुवेत बासी नेपालीहरुको साझा प्रश्न माननीय राजदुत ज्युलाई आइरहेको छ। त्यतिमात्र कहाँ हो र? सचिब ज्युको साउदी देखी कुवेत यात्राका क्रममा पनि कार्य शैलीमा परिवर्तन नहुनुलाई र बारम्बार उहाकै कारण दुताबास बिबादमा पर्नुलाई कुवेतबासी सबै नेपालीहरुले आश्चर्यता प्रकट गरेका छन।

Posted on : December 30, 2010, 8:46 am

Tuesday, November 9, 2010

हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्


काठमाडौं बालाजुकी २६ वषर्ीया सोफिया शर्माको -नाम परिवर्तन) श्रीमान् डेढ वर्षअगाडि कामका लागि विदेश गएका छन् । श्रीमान् विदेश गएपछि सोफियाले आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुन गर्दै आएकी छिन् । श्रीमान् बिदेसिएको ६ महिनासम्म यौनचाहना तीव्र भए पनि हस्तमैथुन नगरेकी सोफियाले त्यसपछि भन्ने आफ्नो यौनचाहना पूरा गर्न हस्तमैथुनको सहरा लिइन् । सोफियाले हस्तमैथुनका विषयमा नयाँ पत्रिकामा पठाएको जिज्ञासाअनुसार उनले साताको तीनपटकसम्म हस्तमैथुन गर्दै आएकी छिन् । सोफियाको पत्रमा हस्तमैथुन गर्दा के असर गर्छ ?, वैवाहिक जीवनमा कुनै असर गर्छ कि ?, हस्तमैथुनले सन्तानप्राप्तिमा कुनै असर गर्छ ?, हस्तमैथुन कसरी गर्नुपर्ला ? लगायतका जिज्ञासा राखिएको छ ।
त्यस्तै, काठमाडांै कोटेश्वरकी १९ वषर्ीया प्रीति उपाध्यायले केही महिनाअगाडि न्युरोडको कन्डम हाउसबाट कृत्रिम पुरुष लिंग किनेर आफ्नो यौन चाहना पूरा गर्ने गरेको जनाएकी छिन् । प्रीतिले पठाएको जिज्ञासामा 'यौनचाहना तीव्र हुँदा कुनै पुरुषसँग यौनसम्पर्क राखौँ कि जस्तो लाग्छ । तर, मैले त्यसो नगरी पुरुषलिंग आकारको वस्तु किनेर आफ्नो यौन चाहना पूरा गरिरहेकी छु ।

म हरेक दिन उक्त साधनबाट र कहिलेकाहीँ आफ्नै औँला योनिमा पसाएर यौनसन्तुष्टि लिइरहेको छु । तर, मलाई अहिले डर लागिरहेको छ । यस्तो गर्दा केही हानि गर्छ कि ? विवाहपछिको यौनसम्पर्कमा फरक पार्ला ? मेरो योनिको प्वाल पनि केही ठूलो भएको छ । के हस्तमैथुन गर्दा योनिको प्वाल ठूलो हुन्छ ?

सोफिया र प्रीति मात्र होइन, उनीहरूजस्ता अधिकांश महिलामा यस्तो समस्या रहने गरेको र हस्तमैथुनबारे दैनिक महिलाले जिज्ञासा राख्ने गरेको पुतलीसडकमा रहेको माता मनकामना आरोग्य योगकेन्द्रका जनरल फिजिसियन डा. समन रूपाखेतीले बताए । उनका अनुसार, पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्ने गरेका चिकित्सकले बताए पनि हालसम्म यस विषयमा कुनै अध्ययन भने हुन सकेको छैन ।

बेलायतमा हालै गरिएको एक अध्ययनले पुरुषको तुलनामा महिलाले बढी हस्तमैथुन गर्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । युकेको इन्डिपेन्डेन्ट कम्पनी फर लिंगेरीले गरेको अध्ययनअनुसार, युकेका ९२ प्रतिशत महिलाले हस्तमैथुन गर्ने गरेका छन् भने पुरुषले भने ८९ प्रतिशतले मात्र हस्तमैथुन गर्ने गरेको देखाएको छ । अध्ययनमा सहभागी महिलामध्ये ६६ प्रतिशतले आफैँले हस्तमैथुन गर्ने गरेको बताएका छन् भने बाँकी २६ प्रतिशतले हात तथा अन्य साधन प्रयोग गर्ने गरेको तथा ८ प्रतिशतले भने हस्तमैथुन गर्ने नगरेको बताएका छन् ।

युकेमा जस्तो नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने जिज्ञासामा डा. रूपाखेती भन्छन्, 'नेपालमा कति महिलाले हस्तमैथुन गर्छन् भन्ने यकिन तथ्यांक सार्वजनिक भएको छैन । तर, हाम्रो विभिन्न अध्ययन-अनुसन्धानअनुसार ३५ देखि ४० प्रतिशत नेपाली महिलाले हस्तमैथुन गर्छन् ।' उनका अनुसार, नेपालमा पुरुषको तुलनामा महिलाले कम हस्तमैथुन गर्छन् । उनले केन्द्रमा हाल दैनिकजसो महिलाले हस्तमैथुनबारे जिज्ञासा राख्ने गरेको र तीमध्ये अधिकांश महिलाका श्रीमान् कामका लागि बिदेसिएका र बढी व्यस्त हुने श्रीमान्का श्रीमती रहेका बताए । टिनएज तथा विवाह नभएका थोरै महिलाले मात्र हस्तमैथुनका विषयमा जिज्ञासा राख्ने गरेका छन् ।

हस्तमैथुन के हो ?

यौनसन्तुष्टिका लागि आफ्नो यौनांगलाई आफैँले उत्तेजित पारी यौन आनन्द लिने कार्यलाई हस्तमैथुन भनिन्छ । डा. रूपाखेती यसलाई प्राकृतिक नियम मान्छन् । भन्छन्, 'यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौनसाथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौनचाहना पूरा गर्नु नै हस्तमैथुन हो ।' चिकित्सकले हस्तमैथुनलाई एकल यौनसन्तुष्टि पनि भन्ने गरेका छन् ।

चिकित्सकले सजिलो भाषामा आप\mनो यौनांग आफँैले चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन क्रियाकलाप नै हस्तमैथुन हो भनेर परिभाषित गरेका छन् । डा. रूपाखेतीका अनुसार, नेपाली संस्कृति तथा संस्कारका कारण धेरै महिलाले हस्तमैथुन गर्दैनन् भन्ने मान्छन्, तर यथार्थ त्यस्तो छैन । महिलाले पनि यौनसन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । डा. रूपाखेती भन्छन्, 'समाजमा भएका परिवर्तनले युवाको विवाह हुने उमेरलाई पछाडितिर धकेलेको छ भने अर्कातिर कामविशेषले विवाहित भए पनि जोडी छुट्टएिर बस्नुपरेको स्थिति छ । यौनसम्पर्क गर्न पाउने बाटो नभएपछि मानिसले वैकल्पिक बाटोका रूपमा हस्तमैथुनलाई लिने गरेका छन् ।'

यौनआनन्द लिने उपायमध्ये यौनांगको घर्षण्ा नै प्रमुख हो । मानिसले आप\mनो यौनांगको घर्षण्ा अरू कसैको यौनांगमा गराएर मात्र यौनआनन्द लिन्छ भन्ने छैन । यौनसाथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफँै घर्षण गराएर पनि आनन्द लिने गर्छन् । डा. रूपाखेतीका अनुसार, हस्तमैथुन एउटा यस्तो उपाय हो, जसबाट मानिसले आप\mनो यौनांगको घर्षण्ा गराएर यौनआनन्द तथा यौन चरमसुख प्राप्त गर्छ ।

महिलाले कसरी हस्तमैथुन गर्छन् ?

हाम्रो समाजमा महिलाले हस्तमैथुन गर्दैनन् भन्ने धेरैलाई लाग्ने गरेको छ । तर, पुरुषको जस्तै महिलाले पनि विभिन्न उपाय अपनाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, महिलाको हस्तमैथुनबारे पहिलेको तुलनामा केही बढी चर्चा हुने गरेको छ र उनीहरूले हस्तमैथुन गर्ने कुराको स्वीकारोक्ति मात्र व्यक्त गरेका छैनन्, बरु यसबारे खोजीनीति गर्न थालेका छन् । उनी भन्छन्, 'महिलाले विभिन्न किसिमले हस्तमैथुन गर्न सक्छन् । महिलाले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ, त्यहीअनुसार हस्तमैथुन गर्छन् । तर, सबै महिलाले आफ्नो भगांकुर चलाउने योनिमा केही पसाउनुदेखि यौन संवेदनशील अंगलाई सुमसुमाएर वा मर्दन गरेर चरमसुख प्राप्त गर्ने गरेका छन् ।'

महिलाले विभिन्न यौनांगलाई प्रयोगमा ल्याई हस्तमैथुन गर्ने गरेको पाइएको छ । महिलाले योनिमा आंैला पसाउनेदेखि आफूलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउने पनि गर्छन् । महिलाले योनिलाई वा अन्य यौनांगलाई यसरी नै चलाउनुपर्छ वा घर्षण्ा गर्छन् भन्ने स्पष्ट वा कुनै ठीक तरिका भने छैन । उनीहरूले आफूलाई मन पर्ने कुनै पनि तरिकाले आफ्ना यौनांलाई चलाएर हस्तमैथुन गर्ने गरेका छन् । डा. रूपाखेतीका अनुसार, चलाउने वा घर्षण्ा गर्नेदेखि बाहेक दबाब दिने, विस्तारै हल्लाउने, जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्नेजस्ता अनेक उपायबाट पनि महिलाले यौनआनन्द लिने गरेका छन् । यीबाहेक महिलाले आफ्नो योनि, स्तन, नाइटो, ओठ, घाँटीको छाला, तिघ्रालगायतका शरीरका अन्य अंगको स्पर्श, मर्दन वा सुमसुम्याएर पनि यौनआनन्द लिने गरेका छन् । तर, अचेल बजारमा आएका विभिन्न कृत्रिम यौनसाधन तथा वस्तुको प्रयोग गरेर पनि महिलाले हस्तमैथुन गर्ने गरेको पाइएको छ भने कतिपय महिलाले पानीको फोहोराको प्रयोग गरेर पनि यौन चाहना पूरा गर्ने गरेका छन् ।

हस्तमैथुनको फाइदा

हाम्रो समाजमा हस्तमैथुनलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । तर, हस्तमैथुनले मानिसलाई फाइदै गर्छ । हालसम्म हस्तमैथुनको नकारात्मक असर देखिएको छैन । सर्वप्रथम त हस्तमैथुनले यौनेच्छाको दमनबाट हुने तनाबबाट मानिसलाई मुक्ति दिलाउँछ । हरेक मानिसमा यौन चाहना हुने गर्छ । पुरुषले हस्तमैथुनका विषयमा खुलेर कुरा गर्छन्, तर महिलाले भने यसलाई लुकाउने गरेका छन् । डा. रूपाखेतीका अनुसार, यौनचाहना स्वाभाविक कुरा हो र यसलाई शान्त पार्न यौनसम्पर्क नै गर्नुपर्छ भन्ने धेरैको धारण्ाा छ । तर, यौनसम्पर्क गर्न नपाइएको स्थितिमा हस्तमैथुन एक राम्रो विकल्प हो ।

खुलारूपमा भने पनि, नभने पनि धेरैजसोले हस्तमैथुन गर्ने गर्छन् र यो स्वाभाविक कुरा पनि हो । हस्तमैथुन गरेमा मुखमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, विवाहपछि आप\mनो यौनसाथीलाई सन्तुष्टि दिन नसक्नेलगायतका अनेकौँ भ्रम म्ानिसमा रहने गरेको छ । तर, हस्तमैथुनले यस्ता स्वास्थ्यसम्बन्धी कुनै हानि गर्दैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसैसँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ । मानिसले हस्तमैथुन गरिसकेपछि आफ्नो मनमा विभिन्न डर तथा भय राखेर समस्या उत्पन्न गर्ने गरेका छन् । डा रूपाखेती भन्छन्, 'हस्तमैथुनले शरीरमा कुनै हानि गर्दैन, त्यसकारण हस्तमैथुनबाट हानि हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।' हस्तमैथुनले मानिसमा रहेको यौनचाहना शान्त पार्न मद्दत पुर्‍याउने भएकाले यसले यौनअपराधलाई कम गर्न सहयोग पुग्छ भन्ने पनि थुप्रै छन् । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण्ा, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआइभी र एड्स वा अन्य यौनरोग लाग्नबाट पनि बचावट हुने भयो । यसका अलावा हस्तमैथुनले मानिसलाई आफ्ना यौनअंगलाई राम्ररी नियालेर हेर्ने, अंग-प्रत्यंगलाई जान्ने अवसर दिनुका साथै आफैँलाई आनन्द दिने कार्यमा सहयोग पुर्‍याउने गर्छ ।

बढी हस्तमैथुन गर्नु हानिकारक

हस्तमैथुनले मानिसलाई फाइदा गर्ने भए पनि बढी मात्रामा हस्तमैथुन गर्नु शरीरका लागि हानि पुर्‍याउनु हो । डा. रूपाखेतीले हस्तमैथुन एक स्वाभाविक यौन अभिव्यक्ति भएकाले यसलाई निश्चित सीमासम्म सुरक्षित तवरले गर्दा कुनै हानि नगर्ने बताए । उनका अनुसार, सातामा दुईदेखि तीनपटकसम्म हस्तमैथुन गर्नु राम्रो हुन्छ । तर, त्योभन्दा बढी गर्दा नकारात्मक असर पर्न सक्छ । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनिमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । महिलाले योनिमा आंैला पसाउनेदेखि बाहेक लिंग आकारको वस्तु पसाउने गर्छन् । अहिले यौन प्रसाधनका रूपमा लिंगको स्वरूपजस्तो वस्तु बजारमा पाइने भएकाले त्यही वस्तुको प्रयोगबाट बढी यौनआनन्द लिने गर्दा भोलि आफ्नो यौनसाथीसित सम्पर्क गर्दा आनन्द नपाइन सक्छ । त्यसकारण महिलाले लत लाग्नेगरी तथा आवश्यकभन्दा बढी हस्तमैथुन गर्नु हानिकारक मानिन्छ । यसका साथै योनिमा प्रवेश गराइने वस्तु सफा-सुग्घर हुन आवश्यक छ । यदि ती वस्तु सफा छैनन् भने यौनांगमा विभिन्न संक्रमण देखा पर्न सक्छ । त्यसकारण योनिमा कुनै कुरा पसाएर हस्तमैथुन गर्दा केही ध्यान दिनु आवश्यक रहेको डा. रूपाखेतीले बताए । उनका अनुसार, बजारमा पाइने त्यस्ता साधनका कारण महिलालाई लत लाग्न सक्छ र वैवाहिक जीवनमा चरम यौनसन्तुष्टि प्राप्तिका लागि पुनः हस्तमैथुनकै सहरा लिनुपर्ने हुन सक्छ ।

योनिको आकारमा परिवर्तन हुँदैन

महिलामा योनिमा कुनै वस्तु छिराएपछि योनिको आकार ठूलो हुन्छ भन्ने भ्रम छ । तर, योनिमा त्यस्ता वस्तु प्रवेश गराउँदा योनिको आकारमा परिवर्तन आउँदैन । तर, योनिमा वस्तु तथा औंला छिराउँदा योनिको हार्माेन, झल्िली भने च्यातिने गर्छ । हार्मोन, झल्िली च्यातिनु भनेको हाम्रो समाजमा कुमारीत्व गुमाउनु भन्ने बुझन्िछ । डा. रूपाखेतीका अनुसार, अहिलेको समयमा महिला खेलकुद, व्यायाम तथा अन्य शारीरिक अभ्यासमा रहने भएकाले महिलाको त्यो झल्िली च्यातिने सम्भावना पहिले नै रहेको हुन्छ ।

चिकित्सकका अनुसार, योनिको सालाखाला लम्बाइ यस्तै ३ इन्चको हुन्छ । यौन उत्तेजनाको वेलामा यसको लम्बाइ बढेर ४ इन्चसम्म पनि पुग्न सक्छ र योनिद्वार पनि केही खुल्न जान्छ । सामान्य अवस्थाको कुरा गर्दा यसको भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् । योनि मांशपेसीले बनेको नली आकारको एक विशेष अंग हो र यस अंगमा निकै नै तन्कन र खुम्चन सक्ने गुण्ा हुन्छ । तन्कन र खुम्चन सक्ने गुण्ा भएकै कारण्ा विभिन नापको लिंग योनिमा प्रवेश गर्दा मिल्ने स्थिति रहन्छ । योनिमा कुनै कुरा औंला होस् वा लिंग वा अरू कुनै वस्तु प्रवेश गराइएमा वरिपरिबाट योनिको भित्ता सो वस्तुमा टाँसिएको अवस्थामै हुन्छ । वस्तुअनुसार नै यसको गोलाइमा परिवर्तन हुन्छ । डा. रूपाखेती भन्छन्, 'हस्तमैथुनले कतै योनि खुकुलो हुन्छ कि भन्ने चासो पनि कतिपय युवतीमा भएको पाइन्छ, तर योनि एक विशेष किसिमले बनेको मांशपेसीको नली आकारको अंग हो । सामान्य अवस्थामा यसका भित्ता एक-अर्कासँग टाँसिएका हुन्छन् र कुनै वस्तु योनिमा पसेपछि त्यसैअनुरूप त्यसलाई ठाउँ दिन्छ । हस्तमैथुन गर्दा मात्र होइन, लिंगको प्रवेश नै हुँदा पनि योनिमा खास संरचनागत परिवर्तन आउँदैन ।' उनका अनुसार, योनिमार्गबाट बच्चा जन्मिसकेपछि भने केही परिवर्तन देखिन्छ, जुन कुरा लिंगले थाहा पाउँछ भन्ने पनि छैन । तर, उनले धेरै मात्रामा योनिमा बजारमा पाइने कृत्रिम यौनांगको प्रायोगले योनिमा भने केही परिवर्तन देखाउने बताए ।

Saturday, November 6, 2010

डेढ महिनादेखि युवती बेपत्ता

पुजा कडारिया । फाइल तस्विर ।
काँकडभिट्टा, कार्तिक १९ - डेढ महिना देखि वेपत्ता झापा वाहुनडाँगीकी एक महिलाको अवस्था अझै अज्ञात छ । वाहुनडाँगी–१ की १७ वर्षीया पुजा कडरिया खत्री गत असोज ६ गतेदेखि वेपत्ता छिन् ।
एक वर्षअघि दमौली घर भई झापाको मेचीनगर १२ इटाभट्टामा अस्थायी वसोवास गर्दै आएका रामचन्द्र खत्रीसंग प्रेम विवाह गरेकी पुजाको अवस्था हालसम्म अज्ञात रहेको पारिवारीक श्रोतले जनाएको छ ।
पुजाका हजुरवुवा टेकबहादुर कडरियाले खत्री परिवारले नातिनीलाई वेपत्ता वनाएको आरोप लगाएका छन् । रोजगारका लागि खत्री परिवार विगत केही समयदेखि भारतको उडिसामा पनि वसोवास गर्दै आएका छन् । विहे पछि पुजालाई उतै लगेर ४ महिनासम्म राखिएको थियो ।
त्यही रहँदा पुजालाई वेपत्ता वनाइएको हुनसक्ने कडरिया परिवारको आरोप छ । 'नातिनी उडिसामै वेपत्ता भएकी हो', टेकबहादुरले भने, 'उनलाई वेचिएको हुनसक्छ  ।'  तर, खत्री परिवारले भने नेपाल आएपछि रातको समयमा घर छाडेर हिडेको जनाएको छ ।
रामचन्द्रले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा खोजतलासको माग गर्दै निवेदन दर्ता गराएका छन् । उनले निवेदनमा केही रकमसहित लत्ता कपडा लिएर पुजा घरवाटै भागेको उल्लेख गरिएको छ ।
यसैवीच प्रहरीले झापामा महिला वेपत्ता हुने क्रम वढेको जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई दर्जन भन्दा वढी महिला वेपत्ता भएकोले खोजतलास गर्न प्रहरी कार्यालयमा निवेदन परेको छ । वेपत्ता हुने अधिकांश १६ देखि २४ वर्षउमेर समुहका छन् ।

प्रकाशित मिति: २०६७ कार्तिक २० ०१:०५
अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]

भारत हुँदै विदेश जाने महिलाको बिचल्ली

दाङ, जेष्ठ ५ - भारतको बाटो हुँदै रोजगारका लागि विदेश जाने महिला बिचल्लीमा पर्ने गरेका छन् । दलालको कम रकममा विदेश पठाइदिने प्रलोभनमा परेर भारतको बाटो हुँदै विदेश जाने महिला विदेशमा गएर अलपत्र पर्ने गरेका हुन् ।
युनिफेमको सहयोगमा प्रवासी नेपाली समन्वय समिति र युवा कार्य नेपालले आइतबार घोराहीमा आयोजना गरेको प्रवासी महिला कामदारका सवाल विषयक परामर्श कार्यक्रममा विदेशबाट फर्किएका महिला कामदारले विभिन्न समस्या राखेका छन् । अधिकांशले भारतको बाटो प्रयोग गर्दा र कानुनी प्रक्रिया पूरा नगर्दा विदेशमा दुःख पाएको बताएका थिए ।
'भारत हुँदै जाँदा कम पैसा लाग्छ भनेर दलालले फसायो,' साउदी अरबबाट फर्किएकी श्रीगाउँ १ लेटारकी शान्ता नेपालीले भनिन्, 'साउदी पुगेर भोकभोकै बस्नुपर्‍यो । निकै दुव्र्यवहार सहनुपर्‍यो । यस्तो दुःख कहिल्यै पाइएको थिएन ।' काममा लगाउने साहुले मारेर फालिदिने धम्की दिने गरेको दुःखेसो उनले पोखिन् । 'उसले भनेबमोजिमको जोखिम काम गर्नुपथ्र्यो,' उनले भनिन्, 'कति महिलालाई मारेर नदीमा फालिदिएको मैले देखें ।'
नेपालमा भनेको भन्दा बढी समय काम गर्नुपरेको र भनेजस्तो काम नपाइने गरेको महिलाको गुनासो छ । 'रातदिन काम गर्नुपथ्र्यो, घरमै कैद भएर बस्नुपथ्र्यो,' कोइलाबास-९ की तारा हेलाले भनिन्, 'केही समय काममा लगाएर अर्को घरमा सारिदिने प्रयास गरे । निकै यातना खेप्नुपर्‍यो । बरु नेपालमै जस्तोसुकै काम गर्न पनि तयार छु तर अब म कुनै पनि हालतमा विदेश जाने प्रयास
गर्दिनँ ।' सहभागी सबै महिला कामदारले रहरैरहरमा विदेश नजान अन्य महिलालाई आग्रह गरे । प्रक्रिया नबुझी, कामअनुसारको दक्षता हासिल नगरी, छिमेकी देशको एयरपोर्ट प्रयोग गर्दा महिलाले विदेशमा दुःख पाउने गरेको प्रवासी नेपाली समन्वय समिति कोषाध्यक्ष कुलप्रसाद कार्कीले बताए । 'धेरैजसो लहैलहैमा लागेर जाने गर्छन्,' उनले भने, 'एकैचोटि विदेशमा गएर दुःख पाउने गरेका छन् ।'
वैदेशिक रोजगार ऐन, २०६४ मा प्रवासी नेपाली महिला कामदारको सुरक्षाका विषयमा विभिन्न व्यवस्था गरिए पनि कार्यान्वयन हुन नसकेको उनले बताए । अवैध रूपमा विदेश पठाउने कार्य नियन्त्रण हुन नसक्दा वैदेशिक रोजगारमा गएका महिला अलपत्र पर्ने गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले वैदेशिक रोजगारका क्रममा ठगी गर्ने र विदेशमा अलपत्र पार्ने कम्पनी तथा व्यक्तिलाई वैदेशिक रोजगार विभागले मात्रै कारबाही प्रक्रिया चलाउन सक्ने भएकाले जिल्लामा समस्या भएको बताए । जिल्ला प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद ज्ञवालीले पनि सरकारी नीति नियम प्रभावकारी कार्यान्वयन नहुँदा वैदेशिक रोजगारमा जालसाजी गर्नेलाई कारबाही गर्न कठिनाइ भएको बताए ।
'ठगी मुद्दा चलाएर केहीलाई रकम फिर्ता गराउने काम भएको छ,' उनले भने, 'त्यसबाहेकका मुद्दा हामीले जिल्लामा हेर्न पाउँदैनौं । यसले गर्दा वैदेशिक रोजगारमा गलत काम गर्नेलाई जिल्ला तहमा नियन्त्रण गर्न कठिन भएको छ ।'


प्रकाशित मिति: २०६७ कार्तिक २० ०९:३९
अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]



 
हिमाल © 2007 Template feito por Templates para Você